साेमबार दमाैलीमा खुल्ला तीज गीत प्रतियोगिता हुने
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल तनहुँको आयाेजनामा भदौ १० गते साेमबार दमाैलीमा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

श्रीकृष्ण जन्माष्टमी एवं हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम हुने प्रतिष्ठानकि महिला उपाध्यक्ष सावित्रा हड्खलेले बताइन् । व्यास-३ अनसन चौतारी, दमौलीमा हुने उक्त प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय तथा सान्त्वना हुने टिमलाई क्रमश २० हजार ८१ , १५ हजार ८१ , १० हजार ८१ र ५ हजार ८१ रूपया पुरस्कार दिने बताइएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्य , अनुशासीत समूह र उल्लेख्य सहभागीता भएको टिमलाई १ हजार ८१ रूपया पुरस्कार दिने हड्खलेले जानकारी दिइन् ।

























