लायन्स सत्यवती र लियो सत्यवतीद्वारा पराशर मा वि लाई पाठ्यपुस्तक एवं स्टेसनरी हस्तान्तरण

लायन्स सत्यवती र लियो सत्यवतीद्वारा पराशर मा वि लाई पाठ्यपुस्तक एवं स्टेसनरी हस्तान्तरण


                पुस्तकालय दिवस २०८१ को अवसरमा लायन्स क्लब अफ तनहुँ सत्यवती तथा लियो क्लब अफ तनहुँ सत्यवतीको संयुक्त आयोजनामा व्यास नगरपालिका ५ पाटन स्थित श्री पराशर माध्यमिक विद्यालयलाई पाठ्यपुस्तक ,शैक्षिक सामग्री एवं स्टेसनरी सामग्री हस्तान्तरण गरिएकाे छ। लाइन्स क्लब अफ तनहु सत्यवतीका अध्यक्ष पवित्रा खनालको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व डिस्ट्रिक्ट गवर्नर सांसद अशोक कुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विद्यालयसँग लायन्स क्लबको पुरानो सम्बन्ध रहेको सन्दर्भ लाई उजागर गर्दै वितरित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीले बालबालिकाहरूको जीवनमा जीवन उपयोगी सिपको विकास गर्ने तथा वितरित स्टेसनरी सामग्रीले बालबालिकाहरूको दैनिक आवश्यकता पूरा गर्दै शैक्षिक गुणस्तर कायम गर्नको लागि मद्दत पुर्याउने विश्वास व्यक्त गरे । सांसद श्रेष्ठले सामुदायिक विद्यालयहरूले विद्यार्थी तथा अभिभावकको मन जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आगामी दिनमा अझै सफल हुनेछन् भन्ने आशा व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले स्वागत गरेको उक्त कार्यक्रमकाे उद्देश्यमाथि लायन्स सुरेन्द्र पौडेलले प्रकाश पारेका थिए । सोही अवसर पारी कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब तनहुँ सत्यवतीका अध्यक्ष पवित्रा खनालले आफ्ना स्वर्गीय बुबा धनञ्जय खनाल तथा स्वर्गीय आमा सेतुमाया खनालको स्मृतिमा सूर्यनाथ खनाल तथा पवित्रा खनाल गरिब तथा जेहनदार छात्रवृत्ति अक्षय कोषको स्थापनार्थ रु २० हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापालाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका अध्यक्ष हिरा थापाले उपस्थित प्रमुख अतिथि तथा सहयोगी संस्था लायन्स तथा लियो क्लब एवं अक्षय कोष दाता पवित्रा खनाल तथा उनको परिवारप्रति कृतज्ञ जाहेर गर्दै धन्यवाद तथा सम्मान व्यक्त गरेका थिए ।
सो कार्यक्रममा वडा सदस्य खिमबहादुर थापा , लायन्स डिस्ट्रिक्ट अफिसर कृष्णहरी गैरे, पिजिडि स्पाउस लायन्स राम शोभा श्रेष्ठ, लायन्स राधिका परियार, बिमला श्रेष्ठ ,लायन्स क्लब अफ तनहुँ भानुभक्तका अध्यक्ष हर्षमान श्रेष्ठ, लायन्स क्लब अफ सत्यवतीका पदाधिकारी,, लियो क्लब अफ तनहुँ सत्यवतीका अध्यक्ष निशा गुरुङ ,लियो क्लब अफ तनहुँका फर्स्ट भाइस प्रेसिडेन्ट रोबिन श्रेष्ठ लगायत ,लायन्स पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालय अभिभावक शिक्षक सङ्घका अध्यक्ष संगीता थापा तथा विद्यालयका व्यवस्थापन समितिका सदस्यहरू , लायन्स क्लब अफ तनहुँ सत्यवती तथा लियो क्लब तनहुँ सत्यवतीका सदस्यहरूकाे सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page