दमाैली बजार इकाईकाे सहसचिवमा अधिकारी र सहकाेशाध्यक्षमा श्रेष्ठ मनाेनित:

तनहुँ उधोग वाणिज्य संघ दमौली बजार इकाईको दाेस्राे बैठक सुक्रवार सम्पन्न भएको छ । इकाईका सभापति सुकनारायण मल्लकाे सभापतित्वमा सम्पन्न बैठकले इकाइकाे सहसचिवमा रामचन्द्र अधिकारी र सहकाेशाध्यक्षमा रमेशकुमार श्रेष्ठलाई मनाेनित गरेको छ ।

बजार एकाइ को २८ औ बार्सिक साधारण सभा एवं १२ औ अधिबेशन बाट निर्वाचित कार्यसमितिको दाेस्राे बैठकले रिक्त पदाधिकारी मनाेनित सँगै अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । इकाईले दमाैली बजारमा बिग्रेर बसेका सीसि क्यामराहरूकाे तत्कालै व्यवस्थापन गर्ने निर्णय गरेको इकाईका सचिव अन्जु दाहालले बताइन् । यस्तै फागुपुर्णिमाका दिनमा हाेलि बिशेश कार्यक्रम तथा शिवरात्रिकाे दिनमा पञ्चमन्दिरमा बत्ती बालेर बस्ने भक्तजनको लागि निशुल्क चियापानकाे व्यवस्था गर्ने निर्णय गरेको सभापति मल्लले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page