ऋषिङ्गका १२ वर्षीय बालकको उपचारको लागि शिव सरस्वती मावि बाट १८ हजार सहयोग
तनहुँकाे ऋषिङ्ग गाउँपालिका वडा नं -८ साइटोल निवासी बालकृष्ण नगरकोटीको छोरा शिव सरस्वती माध्यमिक बिद्यालयका छात्र दिलीप नगरकोटीको उपचारको लागि उक्त बिद्यालयका शिक्षक बिद्यार्थीले १८ हजार ५ सय ३० रूपया सहयोग गरेका छन् ।

१२ वर्षीय दिलीप लाइ टाउकाको शल्यक्रिया तथा उपचारका लागि उक्त विद्यालय परिवारले उक्त सहयोग गरेकाे हाे। बालकको आर्थिक अभावले उपचारमा समस्या भएपछि दिलीप बचाउ अभियान सञ्चालन गरिएकाे छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दिलिपको टाउकोमा मासु पलाउने र पानी जम्ने समस्याले पीडित छन् ।
आफ्नो आर्थिक अवस्थाले उपचार धान्न नसकिने भएकाले चिन्ता परेको परिवारजनले बताएका छन् । बालकका पिता बालकृष्ण नगरकोटीले छोराको उपचारमा एक लाख बढी रुपियाँ खर्च भइसकेको र अझै दुई लाख जति रुपैयाँ तत्काल आवश्यक रहेको बताए। नगरकोटीले भने पहिला उपचार गर्दा लागेको एक लाख ऋण तिर्न सकेको छैन, थप खर्च कसरी जुटाउने हो समस्या परेको छ ।’ ‘डाक्टरले उपचार सम्भाव हुने तर खर्च भने धेरै लाग्ने बताएकोले आर्थिक अभावले गर्दा चिन्ता परेको उनले बताए ।
उपचारमा सहयोग गर्ने व्यक्ति साक्षात् भगवान हुने नगरकोटी बताउँछन् । बिरामी दिलीप कक्षा ७ मा पढ्ने र बालकको बुबा र आमाले खेतीकिसानी गरेर जिविको पार्जनगर्दै आएको र आर्थिक अवस्था कमजोर भएकोले बालकको उपचारमा समस्या भएको ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले बताए । सबैले आर्थिक सहयोग गरेर बालकलाई बचाउनु पर्ने वडाध्यक्ष श्रेष्ठ बताउँछन् । आर्थिक अभावले उपचारमा ढिलाइ हुँदा बालक दिलिपको पढाइ प्रभावित हुँदैआएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बालक दिलिपको जीवन रक्षा गर्न मनकारीहरुका लागि बालकका पिता बालकृष्ण नगरकोटीको कुमारी बैंक लिमिटेडको ऋषिङ शाखामा रहेको खाता नम्बर ०८३००४५००५४००००१ मा आर्थिक सहयोग उपलब्ध गराउन पनि परिवारले अनुरोध गरेको छ ।

























