रिलायबल लाइफ इन्स्योरेन्स द्वारा व्यास तथा पराशर क्षेत्रमा सरसफाइ सँगै डस्टबिन सहयोग

रिलायबल लाइफ इन्स्योरेन्स द्वारा व्यास तथा पराशर क्षेत्रमा सरसफाइ सँगै डस्टबिन सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि को ७ औं बार्षिकउत्सवको अवसरमा दमौली शाखाले सरसफाइ तथा डस्टबिन सहयोग कार्यक्रम गरेको छ । रिलायबलले सनिवार दमाैलीकाे प्रशासन चाेक देखि पञ्चमन्दिर , व्यास गुफा , पराशर आश्रम क्षेत्रमा बृहत् सरसफाइ सँगै डस्टबिन सहयोग गरेको हाे ।

सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत धार्मिक पर्यटकीय क्षेत्रहरूमा वातावरणिय स्वच्छताकाे लागि केही सहयोग पुगाेस भनेर उक्त कार्य गरिएको रिलायबल लाइफ इन्स्योरेन्स दमाैली शाखा प्रमुख जगदीश काफ्लेले बताए ।
उक्त सरसफाइ कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि का एजेन्सि म्यानेजर , दमौली शाखा MDRT , साथै Financial advisor हरूकाे सक्रिय सहभागीता रहेको काफ्लेले जानकारी दिए । रिलायबलले यस अगाडि पनि विभिन्न सामाजिक कामहरू गर्दै आएकाे छ ।
बीमा मानव जीवनको लागी नभइ नहुने आर्थिक ब्यवस्था हो , रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि ले जनतालाइ दिएको सुबिधा हरु प्रति सन्तुष्ट रहेको पनि शाखा प्रमुख काफ्लेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page