चितवनको सिमलतालमा बस र ट्रक ठाेक्कियाे
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा आइतबार बिहान बस र ट्रक एक आपसमा ठोक्किएका छन ।
ग २ ख ११०८ नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको ए आर ०१ टि ६३७२ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाइ अस्पतालमा लैजाने काम भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

तस्बिरः सामाजिक सञ्जाल

























