जामुनेमा हुने तीज गीत प्रतियोगिताकाे तयारी तिव्र , गायिका भुमिका गिरी आउने

जामुनेमा हुने तीज गीत प्रतियोगिताकाे तयारी तिव्र , गायिका भुमिका गिरी आउने

तनहुँकाे म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लव जामुनेले हरितालिका तीजको अवसरमा आयाेजना गरेको खुल्ला तीज प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ । प्रतियोगितामा थप मनाेरञ्जन दिन राष्ट्रिय कलाकार भुमिका गिरी जामुने आउने भएकी छन् । भुमिका सँगै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे कार्यक्रममा प्रस्तुति रहने आयाेजक क्लवका उपाध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
क्लवले हरेक वर्ष झै यस वर्ष पनि भदौ २१ र २२ गते १२औ खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो ।
विकृतिलाई तिरस्कार गरौ, संस्कृतिलाई जगेर्ना गरौ’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लवले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु २० हजार २ सय २२- र प्रमाण पत्र,द्दितिय हुनेले रु १३ हजार ३ सय ३३/- र प्रमाण पत्र तथा तृतिय हुनेले रु ७ हजार ७ सय ७७/- र प्रमाण पत्र प्राप्त गर्ने छन् | यस्तै प्रतियोगितामा नृत्य तर्फ प्रथम , द्धितिय र तृतीय हुनेले क्रमश ६ हजार ६ सय ६६ , ४ हजार ४ सय ४४ र २ हजार २ सय २२ रूपया पुरस्कार प्राप्त गर्नेछन् ।


टिम दर्ता शुल्क रु १ हजार रहेको प्रतियोगिता
राधा मा बि को प्राङगणमा हुने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page