दमाैली आउँदै गरेको जिप ब्रेकफेल भइ दुर्घटना हुँदा ७ जना घाइते ( नामावली सहित )

दमाैली आउँदै गरेको जिप ब्रेकफेल भइ दुर्घटना हुँदा ७ जना घाइते ( नामावली सहित )
Oplus_0


तनहुँ स्थित भिरकाेटबाट दमाैली आउँदै गरेको जिप झापुटार नजिकै दुर्घटना भएको छ । बा १३ च २४५६ नम्बरको जिप दुर्घटनामा ७ जना घाइते भएको र उनिहरूकाे अहिले दमाैली अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा चालक काँहुशिवपुर बस्ने बर्ष ३३ का पदमबहादुर राना , काँहुशिवपुरकै माधव अछामि , जानुमाया थापा , रेजिना थापा , जुनिसरा थापा , यादुमाया थापा , बलकुमारी थापा र सरिता थापा घाइते भएका छन् । घाइतेहरू सबै खतरा मुक्त रहेको अस्पताल श्राेतले बताएको छ । ओरालाे बाटोमा ब्रेक फेल भए पछि ठुलो दुर्घटनाबाट जाेगाउन कुनापट्टिकाे नालातिर गाडी खसालेकाे स्थानीयले बताएका छन् । गाडी छेउतिर खसेको भए ठुलो दुर्घटना सँगै मानवीय क्षति हुन्थ्यो तर चालकले हाेसियारी अपानाएर मानवीय क्षति हुनवाट जाेगाए , एक स्थानीयले टेलिफोनमा बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page