नेपाल बार एशाेसिएशन तनहुँ द्वारा जिल्ला अदालतमा अनिश्चितकालीन धर्ना

नेपाल बार एशाेसिएशन तनहुँ द्वारा जिल्ला अदालतमा अनिश्चितकालीन धर्ना


नेपाल बार इकाई दमौली, तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य गेटमा न्यायपरिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति र न्यायालयमा व्याप्त भ्रष्टाचार  ,विकृति  ,विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने लगायतका माग राखेर धर्ना सुरु गरेको हाे । बार इकाईले प्रत्येक दिन एक घण्टा धर्ना कार्यकम आजैबाट सुरु गरिएको बताएको छ ।

यसैबीच नेपालवार एशाेसिएशन तनहुँ जिल्ला अदालत बार इकाइका अध्यक्ष डम्बरदेव हड्खलेले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै यही मिति २०८१ साल असार १३ गते  बारमा आबद्ध पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेलाई उच्च अदालत पोखराको कार्यालय भित्रै विपक्षीको समूहले हुलुज्जत गरी न्याय सम्पादनमा प्रभाव पार्न खोजिएको साथै  वाग्लेमाथि अपमानजनक अशोभनीय अभद्र व्यवहार प्रदर्शनी गरिएको उक्त कार्यको घोर भर्सना गरेको छ।इकाईका अध्यक्ष डम्बरदेव हड्खले र सचिव हरिमान श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षरित  विज्ञप्तिमा अगाडि भनिएको छ  – ‘प्रत्येक कानुन व्यवसायीले कुनै पनि मुद्दामा कुनै पनि पक्षको हितमा स्वतन्त्र रूपमा मुद्दा लेख्ने , बहस पैरवी गर्ने र प्रतिरक्षा गर्ने अधिकार संविधान र कानुनले प्रत्याभूत गरेको अवस्था रहेको हुँदा त्यसरी आफ्नो पक्षको हितमा बहस पैरवीका लागि न्यायपालिकामा जाँदाको अवस्थामा अदालत जस्तो संवेदनशील क्षेत्रमा कानुन व्यवसायीमाथि विपक्षी समूहले गरेको त्यस्तो अभद्र र अपमानजनक व्यवहार प्रति तनहुँ बार इकाई दुःख एवम् खेद व्यक्त गर्दछ ‘ भनिएको छ।
साथै  त्यस्तो कार्य गर्ने व्यक्ति समूह पहिचान गरी आवश्यक कारबाही गरी अबका दिनमा त्यस्तो कार्य हुन नदिन उच्च सतर्कता अपनाई कानुन व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन जिल्ला अदालत,उच्च अदालत,सर्वोच्च अदालत , नेपाल बार एशाेसिएशन र सम्पूर्ण सुरक्षा निकायमा हार्दिक अपील गर्दछौं ‘ विज्ञप्तिको अन्त्यमा भनिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page