व्यास ९ वडा स्तरीय तीज गीत प्रतियोगितामा सरस्वती आमा समूह प्रथम

सृष्टि कार्की
तनहुँकाे व्यास नगरपालिका वडा नं ९ वडा स्तरीय तीज गीत प्रतियोगितामा सरस्वती आमा समूह प्रथम भएको छ । मंगलबार भएको प्रतियोगितामा सहभागी १४ टिमलाई पछि पार्दै सरस्वती आमा समूह प्रथम भएको हाे । प्रतियोगितामा गृहलक्ष्मी आमा समूह द्धितिय र झिनुवाटार आमा समूह तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम , द्भितिय , तृतीय हुने टिमले क्रमशः १० हजार ,७ हजार र ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । व्यास नगरपालिका वडा नं ९ वडा कार्यालयकाे संयाेजन तथा गजौडे आमा समुहकाे आयाेजनामा भएको प्रतियोगिताका बिजयी टिमलाई व्यास ९ का अध्यक्ष सुरेश थापाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा वडा सदस्यहरू आमा समूह , टाेल समिति लगायतको उपस्थिति रहेको थियो ।

























