भानु नगरपालिकाले एमविविएसछात्रवृति प्राप्त विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्ने

भानु नगरपालिकाले एमविविएसछात्रवृति प्राप्त विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्ने



भानु नगरपालिकाले एमविविएस छात्रवृति प्राप्त विद्यार्थीलाई सहयोग गर्ने भएको छ ।


नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।बैठकले भानु नगरपालिका भित्रका छात्रवृति प्राप्त विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । प्रोत्साहन स्वरुप सो रकम सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख त्रिपाठीले बताए ।
नगर पालिकाको यो निर्णयले गरीब तथा जेहेन्दार विद्यार्थीलाई एमविविएस पढ्न मद्धत पुग्ने समेत नगर प्रमुख त्रिपाठीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page