याे वर्ष दसैंमा नयाँ नाेट नपाइने , सुकिला नाेट पाइने

याे वर्ष दसैंमा नयाँ नाेट नपाइने , सुकिला नाेट पाइने

नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न भन्दै नयाँ नोटलाई बन्द गरेको हो। 

राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नाेट नभइ सुकिला नाेट दिने तयारी गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि नयाँ नदिने जानकारी दिए। 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार दशैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही गरिनेछ।

दशैँका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ। यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

दशैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले नयाँ नोट बन्द गर्न लागेको हो। नोटको आयु सामान्यतया तीनदेखि चार वर्ष हुने बताइन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page