आदिकवी भानुभक्त क्याम्पसकाे तीज गीत प्रतियोगितामा दिपज्याेती आमा समुह प्रथम
आदिकवी भानुभक्त क्याम्पस ब्यास-१ दमौलीमा खुला तीज गीत प्रतियोगिता र अन्तर सङकाय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । २५ टिमको सहभागीता रहेको खुला तीज गीत प्रतियोगितामा दीपज्योति आमा समूह प्रथम, सिद्धबेणि मा.बि. दोस्रो, चण्डी भयर आमा समूह रिसिङ्ग-१ बेल्टार तेस्रो र सिन्धु आमा समूह तथा निर्मल नगर आमा समुह ब्यास-१ सान्त्वना भएका छन् ।

यस्तै आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको बीचमा प्रतिस्पर्धा गराइएको अन्तर सङ्काय नृत्य प्रतियोगितामा कक्षा ९ र १० सकेला डान्स प्रथम, व्यबस्थापन कक्षा ११ र १२ दोस्रो, बी.बी. ए. तेस्रो र कक्षा ११ बिज्ञान क सान्त्वना तथा कक्षा ११ बिज्ञान ख सान्त्वना भएकाे अतिरिक्त क्रियाकलाप संयोजक तिल बहादुर थापाले जानकारी दिए ।

























