२१ गते डुम्रेमा हुने तीज कार्यक्रममा राष्ट्रिय कलाकार बिमता र मैना आउने
महिलाहरुको महान चाड हरितालिका तीजकाे अवसरमा यही भदौ २१ गते डुम्रे बजारमा हुने रमाइलो तीज कार्यक्रमकाे लागि राष्ट्रिय कलाकारहरू डुम्रे आउने भएका छन् । हरेक वर्ष झैं यस वर्ष पनि आयोजित कार्यक्रममा राष्ट्रिय कलाकार बिमता घर्ती मगर र मैना रेशमी मगरका साथै अन्य स्थानीय कलाकारकाे समेत प्रस्तुति रहने बताइएको छ ।

डुम्रे साँस्कृतिक एवम् सामाजिक संरक्षण समिति डुम्रेकाे आयाेजना तथा हरिहर महिला समुह संयाेजक एवम् बन्दिपुर गाउँपालिका संरक्षक रहने गरि हुने कार्यक्रम भाद्र २१ गते ११ बजेवाट डुम्रे बजारमा हुने आयाेजकले जनाएको छ ।

























