अन्तर मा वि वक्तृत्व कला प्रतियोगितामा पवित्राका श्रेष्ठ प्रथम , सत्यवतीका वाग्ले द्धितीय र राधाका पण्डित तृतीय
व्यास नगरपालिका वडा नम्बर ५, बेनीपाटन स्थित श्री पराशर माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा श्री पवित्रा मा.वि.का आयुषा श्रेष्ठ प्रथम, श्री सत्यवती मा.वि.का साक्षी वाग्ले द्वितीय, श्री राधा मा.वि.का प्रवेश पण्डित तृतीय तथा श्री गाेरखकाली आ. मा.वि.का जेसिका पाण्डे सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, युवा रेडक्रस सर्कल पराशर मा.वि.का अध्यक्ष विष्णुमाया थापा विद्यालयका प्रधानाध्यापक संरक्षक एवं प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेश महासचिव रामदत्त पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
मानवीय सेवामा कार्यरत विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको ६२औ स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल/श्री पराशर मा.वि.काे आयोजना तथा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश काे सहयोगमा सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका २२ जना सहभागीले प्रतिस्पर्धामा भाग लिएका थिए।
युवा रेडक्रस सर्कल / श्री पराशर मा.वि.का अध्यक्ष विष्णु माया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका उपमहासचिव कृष्णचन्द्र पाण्डेले उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव पाण्डेले नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रेडक्रसलाई यो अवस्थासम्म ल्याइपुर्याउन सहयाेग गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा रेडक्रस प्रेमी महानुभावहरूकाे नि:स्वार्थ योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै उत्साह र सहयोगको अपेक्षा व्यक्त गरे ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युवा रेडक्रस सर्कल/ पराशर मा.वि.का संरक्षक एवं विद्यालयका प्रधानाध्यापक तथा गण्डकी प्रदेश नेपाल सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले रेडक्रसको सात सिद्धान्त वाचन गराएका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखाका जुनियर संयाेजक बिमल गिरी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी, अभिभावक शिक्षक संघका अध्यक्ष संगीता तामाङ थापा, विभिन्न २२ वटा विद्यालयका प्र.अ., शिक्षक नायक एवं प्रतिनिधिहरू लगायतकाे उपस्थिति रहेकाे थियाे । उदघाटन सत्र पछिको प्रतियोगितत्मक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा काे अध्यक्षतमा सञ्चालन भएको उक्त कार्यक्रममा
विद्यालयका सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्लेले स्वागत गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन सत्र युवा रेडक्रस सर्कल पराशर मा.वि.का उपाध्यक्ष अनिषा थापाले र प्रतियोगितात्मक कार्यक्रम शिक्षक नायक मञ्जु खनालले सञ्चालन गरेकी थिइन् ।

























