व्यास नपाकाे चर्तीकला – १५ दिनसम्म प्लास्टिकजन्य फाेहाेर नउठाउने , दाेकानकाे प्लास्टिक खाेज्ने / खाेस्ने

व्यास नपाकाे चर्तीकला – १५ दिनसम्म प्लास्टिकजन्य फाेहाेर नउठाउने , दाेकानकाे प्लास्टिक खाेज्ने / खाेस्ने
Oplus_0

व्यास नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिक जन्य सामाग्री हटाउन ” खोज र खोस ” अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत नगर प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख इन्दिरा दरै सहित जनप्रतिनिधि , कर्मचारी र टोल विकास संस्थको टोलीले बुधबार बजार क्षेत्रमा सर्वसाधारणहरलाई जानकारी गराएको बताएको छ । नगरपालिकाले प्लाष्टिक जन्य सामाग्री हटाउन खोज र खोस अभियान सञ्चालन गरेपछि नगरबासीले भने यसलाई व्यासको चर्तीकला भनेका छन् ।

दाेकानमा भएको नयाँ प्लास्टिक खाेज र खाेस गर्ने नगरपालिकाले बजारमा थुप्रिएका प्लास्टिक जन्य फाेहाेरहरू भने लामो समय हुँदापनि उठाउन नसकेकाे नगरवासीले आराेप लगाएका छन् । बजारमा थुप्रिएकाे फाेहाेर १५ दिनसम्म उठाउन नसकेर बजार अस्तव्यस्त राख्ने नगरपालिकाले दाेकानमा भने प्लास्टिक खाेस्न पुगेछ एक स्थानीयले भने । त्यतिमात्र हाेइन अहिले एकातिर डेङ्गुका बिरामीको संख्या बढ्दै गइरहेको भन्दै नगरपालिकाले नैं डेङ्गु खाेज र नस्ट गर अभियान सञ्चालन गर्दै आएकाे छ भने अर्कोतिर बजारमा दैनिक फाेहाेर उठाउन नसकेर चाङ बनाएर राखेको छ । यता डेङ्गु संङक्रमणका बिरामी बढ्न थालेपछि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियानलाई तीब्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेङ्गुका बिरामी व्यासमा मात्रै दुई सय उन्नाइस पुगिसकेका छन् ।
यस सम्बन्धमा व्यास नगरपालिकाले भने विगत लामो समयदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनमा स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरण कार्य भइरहेको, कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको, नकुहिने फोहोरलाई पुनःप्रयोगमा आउने सामग्री छुट्याई बिक्रीमा पठाइने, शिसाजन्य सामग्री अलग्गै संकलन गरी बिक्रीमा गइसकेको तथा फोहोरको स्थायी समाधानका लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको हुँदा फोहोर वर्गीकरण र विसर्जन कार्यमा स्थानीय टोल विकास संस्था र अन्य सामाजिक संघ संस्थासँग सहयोगका लागि नगरपालिकाले अनुरोध गरेको बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page