लियो म्याग्देकाे अन्तर बिद्यालय क्विज प्रतियोगितामा राधा मावि प्रथम:


लियो क्लव अफ म्याग्दे तनहुँ द्वारा आयाेजना गरिएको म्याग्दे गाउँपालिका स्तरीय अन्तर बिद्यालय क्विज प्रतियोगितामा राधा माध्यमिक बिद्यालय प्रथम भएको छ ।

यस्तै प्रतियोगितामा मेघदह बाेडिङ स्कुल द्धितिय भएको छ । प्रतियोगितामा मिन मा वि ,जनगणपति मा वि , रत्न मा वि ,गणेश मा वि , मेघदह इङलिस बाेडिङ स्कुल र राधा मावि गरि छ वटा बिद्यालयकाे सहभागीता रहेको थियो । त्यस अघि कार्यक्रमका प्रमुख अतिथी मिन मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार श्रेष्ठले कार्यक्रमकाे उद्घाटन गरेका थिए ।



कार्यक्रममा म्याग्दे लायन्स क्लवका चार्टर प्रेसिडेन्ड भिमलाल श्रेष्ठ , लायन्स क्लव म्याग्देका अध्यक्ष गाैरब राज राना , मिन मा वि का प्र अ राजेन्द्र भण्डारी , लियो प्रथम उपाध्यक्ष सुरज लम्साल , लियो चार्टर प्रेसिडेण्ट शैलेश अधिकारी , उज्वल लोहनी , प्रिया सिमल थापा , लियो क्लवका अध्यक्ष रोशन श्रेष्ठ तथा लियो निर्देशक सन्देश अधिकारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।


























