घाँसीकुवामा पहिरो जाँदा पृथ्वी राजमार्ग राति ४ बजेदेखि ठप्प

घाँसीकुवामा पहिरो जाँदा पृथ्वी राजमार्ग राति ४ बजेदेखि ठप्प
Oplus_0


पृथ्वीराजमार्ग अन्तर्गत दमौली-डुम्रे सडकखण्डकाे घाँसीकुवामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षा सँगै आएकाे पहिरोले राति ४ बजेदेखि उक्त ठाउँ पुर्णरूपमा बन्द भएको हाे । राजमार्ग खाेल्न अझै डेढ दुई घण्टा लाग्ने प्रहरीले बताएको छ । पहिरो पन्छाउन जेसिवी गएपनि पानी परिरहेकोले समस्या भएको छ ।

यस भन्दा अगाडि साेहि ठाउँमा पहिरो जाँदा बैकल्पिक मार्गबाट सवारीसाधन आवतजावत गरेको भए पनि अहिले भने पानीका कारण खाेला बढेर कजवे माथि बाट खाेलापसेपछि ठप्प भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page