कन्काइ ग्लोबल एकेडेमीकाे कृषि सँग बिद्यार्थी अभियान प्रभावकारी बन्दै:

तनहुँकाे व्यास नगरपालिका वडा नं ४ मा रहेको कन्काइ ग्लोबल एकेडेमीमा सञ्चालित कृषि सँग बिद्यार्थी अभियान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विधालयले भावी पुस्तालाई माटोसँगको सामीप्यता यथावत राख्दै कृषि क्षेत्रसँग आत्मीयता बढाउने उद्देश्यका साथ “केजीए कृषि फार्म” को स्थापना गरी “कृषिसँग विधार्थी”अभियान सञ्चालन गर्दै आएको छ ।

यस अभियान अन्तर्गत विद्यालय हाताभित्र उपलब्ध कृषियोग्य जमिनमा विद्यार्थीहरुलाई विभिन्न मौसमी तरकारी रोप्ने, गोडमेल तथा सिँचाइ गर्ने र टिपेर खानको लागि तयार पार्न सिकाउँदै आएको प्रवन्ध निर्देशक मिलन गाेदारले बताए ।

यस मौसममा ब्रोकाउली, काउली, मुला, धनियाँ र गाँजर गरी लगभग ५० के.जी. तरकारी फलाइएको गाेदारले जानकारी दिए । बिद्यालयमा फलेको तरकारीलाइ गोलाप्रथाबाट बिद्यार्थीहरू लाई बाँड्ने गरेको उनले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page