जामुनेकाे तीज गीत प्रतियोगीतामा पृथ्वी समाज सुधार महिला समुह ऋषिङ प्रथम

जामुनेकाे तीज गीत प्रतियोगीतामा पृथ्वी समाज सुधार महिला समुह ऋषिङ प्रथम


तनहुँकाे म्याग्दे गाउँपालिका स्थित जामुनेमा भएको तीज गीत प्रतियोगितामा पृथ्वी समाज सुधार महिला समूह ऋषिङ्ग प्रथम भएको छ । यस्तै प्रतियोगितामा द्दितीय बेद्कालिका आमा समुह म्याग्दे ७ , तृतिय गलम्बास आमा समुह व्यास १ र सान्त्वना शिवशक्ति आमा समुह म्याग्दे २ भएको छ ।
१६ टिमकाे सहभागीता रहेको प्रतियोगितामा पृथ्वी समाज सुधार प्रथम हुन सफल भएको हाे । यस्तै प्रतियोगितामा नृत्य तर्फ प्रथम तनहु नाच
दित्तिय मनिता सुनाम म्याग्दे ३
तृतिय रोजिना श्रेस्ठ म्याग्दे ४ भएको आयाेजक न्यु भिजनका उपाध्यक्ष सन्तोष श्रेष्ठले बताए ।प्रतियोगितामा

गीततर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिम लाई २० हजार २ सय २२, १३ हजार तीन सय ३३, ७ हजार ७ सय ७७ र ३ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिएकाेछ ।

यस्तै नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ६ हजार छ सय ६६, ४ हजार ४ सय ४४ र २ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिएको छ ।


न्यु भिजन युथ क्लव जामुनेकाे आयाेजनामा भाद्र २१ र २२ गते दुई दिन चलेको प्रतियोगितामा बिजयी समुहलाइ म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , क्लवका अध्यक्ष राजीव श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page