नेवा देय दबु गुठीकाे दमाैलीमा ताया मचा नृत्य एवम् साँस्कृतिक कार्यक्रम

नेवा देय दबु गुठीकाे दमाैलीमा ताया मचा नृत्य एवम् साँस्कृतिक कार्यक्रम


नेवा देय दबु गुठी समन्वय समितिकाे आयाेजनामा सनिवार दमाैलीमा ताया मचा नृत्य एवम् विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्दै पहिलो पुस्ताले दाेस्राे पुस्तालाई संस्कार , संस्कृति सिकाउनु ज्यादै राम्रो काम भएको बताए । संस्कृति बचाउने बिषयमा नेवा देय दवु गुठीले यस किसिमको कार्यक्रम आयाेजना गरेर महत्त्वपूर्ण भुमिका खेलेको न्याैपानेकाे भनाइ थियो ।
युवा पुस्तामा प्रतिभा अगाडि बढाउन यस्ता कार्यक्रमले प्राेत्साहन गर्ने न्याैपानेले बताए । व्यास नगरपालिकाकाे आयाेजनामा अब छिट्टै बहुजातीय सांस्कृतिक महाेत्सव गर्ने समेत उनलेे जानकारी दिए । महाेत्सवले एतिहासिक सम्पदा , प्राकृतिक सम्पदा लाई जगेर्ना गर्न मद्दत गर्ने उनको भनाइ छ ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र बहादुर शाहीले नेपाल विभिन्न भाषा भेष भुषा रहन सहन र विभिन्न जातजातिका मानिसहरू बस्ने साझा फुलवारी भएको बताए । नेवा देय दबु गुठी समन्वय समितिका अध्यक्ष सुवेदार सन्तलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष सुवेदार रामकाजी श्रेष्ठले स्वागत र सञ्चालन सचिव जुननारायण श्रेष्ठले गरेका थिए ।
उक्त अवसरमा ताया मचा नृत्य लगायतका अन्य धेरै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेवा कल्चरलाई संरक्षण गर्ने उद्धेश्य सहित तनहुँ जिल्ला भित्र रहेका २८ वटा गुठी मिलाएर नेवा देय दबु गुठी बनाइ कार्यक्रम आयाेजना गरिएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page