विश्वकर्मा पुजामा दमाैलीका मिठाइ पसलमा भिड

विश्वकर्मा पुजामा दमाैलीका मिठाइ पसलमा भिड

विश्वकर्मा पूजाकाे प्रसादका लागि दमाैलीका मिठाइ पसलमा भीड लागेको छ । दमाैलीमा रहेको सुरेश मिष्ठान्न भण्डार , हरि मिष्ठान्न भण्डार , भरत मिष्ठान्न भण्डार लगायतका पसल तथा फलफूल पसलमा बिहानैदेखि मानिसको भिड लागेको छ । पसलमा लड्डु , निमकीन , भुजिया लगायतका सामान लिन बिहानैदेखि मानिसको भीड लागेको मिष्ठान्न भण्डारका सञ्चालक अविनाश शाहले बताए ।

आज विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page