क्याम्पस प्रमुख हड्खलेले भने , बास्तोलाकाे हैसियत के हाे ?

क्याम्पस प्रमुख हड्खलेले भने , बास्तोलाकाे हैसियत के हाे ?


आदिकवी भानुभक्त क्याम्पस दमाैलीका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसकाे साधारणसभाकाे बन्द सत्रमा बाेलेकाे कुरा अहिले भुसकाे आगाे सरी फैलिएको छ ।

साधारणसभामा क्याम्पसका बारेमा र आफ्नै बारेमा केही सहभागीहरूले विभिन्न खालका गम्भीर प्रश्नहरू उठाएपछि त्यसको जवाफमा हड्खलेले आगाे ओकलेका एक सहभागीले बताए । हड्खलेले भनेका थिए – विश्व बास्तोलाकाे के हैसियत छ परिक्षाकाे बारेमा कुरा गर्ने ! याे क्याम्पसकाे बारेमा बजारमा अफवाह फैलाइएकाे छ , महाप्रसादलाइ बद्नाम गराउन एकथरी लागिपरेका छन् , तर मेरो हैन क्याम्पसकाे बद्नाम गराउँदैछन् हड्खलेले भनेका थिए ।

आँबुखैरेनी क्याम्पसमा चलेको परिक्षा केन्द्रलाई खाेसेर यहाँ ल्याइएको छ , यही परिक्षाले क्याम्पसकाे साख बचेको छ भन्दै हड्खलेले हजारौं बिद्यार्थीकाे भविस्य खाेसिने काम कसैलाई गर्न छुट नभएको बताए । उपप्राध्यापक अस्थायी शिक्षक नहुने भन्दै उनले नियम बाहिरका कुरा नसिकाउन चेतावनी दिए ।

क्याम्पस प्रमुख हड्खलेले आँफुमाथि विभिन्न लाञ्छना लगाउने काम उद्घाटन सत्रमा भएपछि उनी आक्रामक भएका हुन् । खुल्ला सत्रमा केही सहभागीहरूले आर्थिक अपारदर्शीताका कुरा , बिधानमा भएको कुरा पालना नगरेको कुरा ,परिक्षामा चिट चाेराएर पास गराउने सम्बन्धमा , कर्मचारी स्थायी गराउने लगायतका बिषयमा कुरा उठाएको बताइएको छ । अझै खासगरी विश्व बास्तोलाले यी बिषयमा कुरा उठाएकोले पछि बन्दसत्रमा हड्खलेले जवाफ फर्काएको बताइएको छ । उनले जवाफ फर्काउँदा प्रश्न उठाउने बास्तोला लगायतका सहभागीहरू भने थिएनन् ।


क्याम्पसकाे साधारणसभा १८ गते काेरम नपुगेर स्थगित भइ पुन १ हप्ता भित्रमा गर्न पर्ने नियम अनुसार २२ गते भएको थियो । साधारणसभा सम्पन्न भएको डेढ हप्ता भए पनि साधारणसभामा बाेलेका कुरा भने सेलाउनुकाे सट्टा भुसकाे आगाे सल्के झैँ सल्किरहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page