आँबुखैरेनी दुर्घटना बाट १९ वर्ष सम्म फरार रहेका शाही पक्राउ
२०६२ सालमा आँबुखैरेनी गा.पा.- २ मार्कीचोक स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा सवारी दुर्घटना पश्चात् फरार रहेका बस चालक १९ वर्षपछि पक्राउ परेका छन् ।
ग १ ख ७८६ नं. को यात्रुबाहक बसले ग २ प २४७९ नं. मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक तथा पछाडी सवार दुवै जनाको मृत्यु भएको सवारी ज्यान सम्बन्धी मद्धामा उनी फरार रहेका थिए ।
फरार रहेका बस चालक धादिङ बेनिघाट रोराङं गा.पा.-३ वस्ने वर्ष ४५ को तारा बहादुर शाहीलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाइएकाे आँबुखैरेनी प्रहरी जनाएको छ ।

























