अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गण्डकी अध्यक्षमा तनहुँकी गीता

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गण्डकी अध्यक्षमा तनहुँकी गीता

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा तनहुँकी गीता शाही सर्वसम्मत निर्वाचित भएकी छिन् । पोखरामा बिहीबार राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन् । यस्तै सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ र कोषाध्यक्षमा दिलमाया पुन निर्वाचित भए भने सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ निर्वाचित भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ ।

यस अघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरू रक्षा गर्नका लागि सम्पूर्ण महिला सचेत र सजग रहनुपर्ने बताइन् । उनले लामो सङ्घर्षपछि प्राप्त अधिकार र उपलब्धिमाथि षड्यन्त्र हुनसक्ने भएकाले परिस्थितिसँग जुध्न तयार रहन अपिल गरिन् ।

“अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकार स्थापित छन् । संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्रसमेत हुनसक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ”, उपाध्यक्ष भुसालले भनिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page