म्याग्दे गाउँपालिकामा असोज ६ देखि ९ गतेसम्म एकिकृत घुम्ति शिविर हुने

म्याग्दे गाउँपालिकामा असोज ६ देखि ९ गतेसम्म एकिकृत घुम्ति शिविर हुने

म्याग्दे गाँउपालिकाले यहि असोज ६ गते देखि कार्तिक ९ गते सम्म एकिकृत घुम्ति शिविर गर्ने भएको छ । पालिका अन्तरगत रहेको पहुँच भन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुर्याउने उद्धेश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको हो । 

असोज ६ गते देखि शुरु हुने एकिकृत घुम्ति शिविर वडा नं १ को वाख्रे गुरुङ सामुदायिक भवनवाट शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार असोज ७ गते मान्हौ वरच्याङ र गुणादीको वडा नं १ को कार्यालय भवनबाट सेवा प्रवाह गरिनेछ । त्यसैगरि असोज ८ गते गुञ्जरा डुण्डाँडा र पाटेचौरमा हुनेछ भने असोज ९ गते घिमिरे थोक र निर्मल वस्तीको ट्रि हाउस र पिपलडिहि सामुदायिक भवनमा हुनेछ । 

त्यसैगरि असोज १० गते रविचन्द्र प्रा.वि किलचोकमा हुनेछ भने १३ गते कोलडाँडा स्वास्थ्य भवन र गैह्रा गणेश मावि तथा असोज १४ गते छम्लिस्वारा कालिका मोई समुहको भवनमा हुनेछ । यस्तै साउनेपानी र वोटेनीटारमा असोज १६ गते शिविर संचालन गरिने गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।

असोज २० गते वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र भवनमा हुनेछ भने असोज २१ गते तिल्याटार सामुदायिक भवनमा हुनेछ । त्यसैगरि कार्तिक ८ गते सर्वलाङ रत्न मावि मनपाङ्ग र तिलाहारमा हुने शिविर कार्तिक ९ गते गाँउश्वारा र अकला सामुदायिक भवनमा सेवा दिए पाश्चात समापन हुनेछ । 

स्वास्थ्य तर्फ परिवार नियाेजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एक्सरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईनेछ भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, विभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पंक्षिहरुको उपचार , पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईनेछ । 


यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिसहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ । यस्तै उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईने प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page