व्यास २ काे आयाेजनामा विजया दशमीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

व्यास २ काे आयाेजनामा विजया दशमीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


व्यास नगरपालिका वडा नं २ काे आयाेजनामा २०८१ सालको बिजया दशमी , दिपावली , छठ , नेपाल संवत् तथा इद पर्वकाे अवसरमा सुक्रवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय भवनमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडाका जनप्रतिनिधि , बिद्यालयका प्रअहरू , टाेलबिकास संस्थाका अध्यक्षहरू , आमा समुहका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले डेङ्गुले व्यास नगरपालिका पनि अछुतो नरहेको भन्दै घर ,आँगन , टाेल , समाज सरसफाइ राख्नकाे लागि हामी सबै जिम्मेवार बन्नुपर्ने बताइन् । आफ्नाे टाेल सफा राख्ने दायित्व हामी सबैकाे रहेकोले वडाले गर्छ , नगरपालिकाले गर्छ भन्ने तिर साेच्न नहुने उपप्रमुख दरैले बताइन् । हाम्रो घर अगाडि नै हामीले फाेहाेर राखिरहेका हुन्छौं , नगरपालिकाले , वडाले बारम्बार सुचना निकालिरहेकाे अवस्थामा पनि सचेत नभइ लापरबाही गरिरहेका हुन्छौं , जवकी हामी सबै जिम्मेवार पदमा छाैँ , बाैद्धिक व्यक्तित्वमा गनिन्छाैं यस्ताे अवस्थामा नगरपालिकाले गरेको अभियानमा साथ दिनुपर्दछ । प्रमुख अतिथि दरैले संस्कृतिको संरक्षण गर्दै तडकभडक नगरी चाडबाड मनाउन सबैलाई आग्रह गरिन् ।

साे अवसरमा वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले सम्पुर्ण वडावासीलाइ शुभकामना दिँदै सभ्य तरिकाले चाडपर्व मनाउन आग्रह गरे । अहिले डेङ्गु लगायतका विभिन्न प्रकाेपहरू बढिरहेको अवस्थामा फाेहाेरमैला व्यवस्थापनका लागि नगरपालिकाले विज्ञ राखेर काम गरिरहेको उनलेे जानकारी दिए । वडा अध्यक्ष श्रेष्ठले बजारमा अनुगमन गर्दा डेट स्पायर सामान अत्याधिक भेटिएको भन्दै मिति हेरेर मात्रै सामान खरिद गर्न र सचेत उपभोक्ता बन्न आग्रह गरे ।

व्यास नगरपालिका वडा नं २ का सदस्य सविता रसाइलीले स्वागत गरेको उक्त कार्यक्रमकाे सञ्चालन वडा सचिव पम्फा बस्नेतले गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page