ढाेरवाराही मन्दिरमा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री पाण्डे

ढाेरवाराही मन्दिरमा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री पाण्डे

ढोरवाराही मन्दीरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन सम्वन्धमा आज बृहत छलफल भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा मन्दिर परिसरमा छलफल कार्यक्रम भएको हाे ।

उक्त कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारी ,पुर्व मन्त्री एवं संविधान सभा सदस्य आशा खनाल, प्रदेश सभा सदस्य श्याम राजा महत , शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित , नेपाल पर्यटन वोर्डका निर्देशक लगायतको उपस्थिती रहेको बताइएको छ । सहभागी हरूले एतिहासीक महत्त्व बाेकेकाे धार्मिक पर्यटकीय क्षेत्र ढाेरबराही मन्दिरको बिशेषताकाे बारेमा बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page