मिस नेपाल इन्टरनेशनल दमाैलीकी करूणा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जापान जाने
मिस नेपाल इन्टरनेसनल करुणा रावत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जापान जाने भएकी छन् । मिस नेपाल अर्थ सुमना केसी साेमबार फिलिपिन्स र करूणा जापान प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले राष्ट्रिय झण्डा प्रदान गर्दै जितको शुभकामनासहित उनीहरुलाई बिदाइ गर्यो । उक्त अवसरमा यी दुई सुन्दरीले प्रतियोगिताको लागि आफूहरुले गरेको तयारीबारे जानकारी गराएका थिए ।

करुणाले जापानको टोकियोमा अक्टोबर २९ देखि नोभेम्बर १३ सम्म हुने मिस इन्टरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसपटक मिस इन्टरनेसनलमा मानसिक स्वास्थ्य सचेतना र दिगोपनको थिम तय रहेको जनाउँदै उनले आफूले सोहीअनुसार त्यहाँ प्रस्तुति दिने बताइन् ।
मैले यसअघि नर्चरिङ माइन्ड नामक मानसिक स्वास्थ्य सचेतनाबारेको अभियान चलाउँदै आएकी थिएँ’ करुणाले भनिन्, ‘यसपटक राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यका दुई गोल राम्रो स्वास्थ्य र कल्याणबारेको प्रोजेक्ट प्रस्तुत गर्नेछु ।’करूणा व्यास ४ दमाैली निवासी हुन् ।
























