शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे निर्वाचनमा समुन्द्रराम श्रेष्ठ विजयी भएका छन् । प्रत्यासी सुजित हिराचनलाइ ९३ मत अन्तरमा पराजित गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका छन् । कुल ३९१ मत प्राप्त गर्दै अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित हुँदा हिराचनले २९८ मत प्राप्त गरेका थिए । राेचक त के छ भने निर्वाचित अध्यक्ष श्रेष्ठ पराजित उम्मेदवार हिराचनकै घरमा भाडामा बस्ने व्यवसायी हुन् ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा सुमन सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ३३५ मत प्राप्त गर्दा उनका प्रत्यासी नारायण कुमार श्रेष्ठले ३१९ मत प्राप्त गरे । बाणिज्य उपाध्यक्ष तर्फ ३२३ मत सहित प्रकाश थापा विजय भएका छन् भने साेही पदका उम्मेदवार आनन्द सुन्दर श्रेष्ठले ३०२ मत प्राप्त गरेका छन् ।

यसैगरी उद्याेग तर्फकाे उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ३२७ मत प्राप्त गर्दा साेही पदका उम्मेदवार देबेन्द्रबहादुर ढुङ्गानाले ३२१ मत प्राप्त गरेका थिए ।

महासचिव पदमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । उनले ३६३ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी पूर्ण बहादुर कायस्थले २९० मत प्राप्त गरेका छन् ।उपमहासचिव पदमा बिर्षना श्रेष्ठले मित्रबन्धु पाैडेललाई पराजित गर्दै निर्वाचित भएकी छिन् । जहाँ श्रेष्ठले ३५४ मत हासिल गर्दा उनका प्रत्यासी पाैडेलले २९५ मत प्राप्त गरेका थिए ।

यसैगरी काेषाध्यक्ष पदमा कमल गैह्रे निर्वाचित भएका छन् । गैह्रेले ३३८ मत प्राप्त गरेका छन् भने रजनी थापाले ३१२ मत मात्रै प्राप्त गरेकी छिन् ।

यसैगरी सदस्यमा अमृत घिमिरेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले कुल ४१४ मत प्राप्त गरेका छन् । सदस्यमा विधान गुरूले ३८४ मत, गम बहादुर केसी ३७८ मत, अर्जुन सापकोटाले ३६४ मत, पिताम्बर तिमिल्सिनाले ३५६ मत, सन्ताेष कुमार श्रेष्ठले ३४३ मत, बर्म कुमार श्रेष्ठले ३२६ मत, गिरी बहादुर थापाले ३२३ मत, देवीभक्त रानाले ३२० मत र भुपेन्द्र रिमालले ३२० मत प्राप्त गरि निर्वाचित भएका निर्वाचन संयाेजक भानुभक्त सुवेदीले जानकारी दिए ।

यसैगरी महिला सदस्यमा जाेसिला थापाले ३७८ मत र वसन्त कुमारी श्रेष्ठले ३०१ मत प्राप्त गरि निर्वाचित भएका छन् । कुल ८४८ मतदाता रहेको मध्ये ७१९ जना मतदाताले मतदान गरेका हुन् । गएराति ७ बजेबाट सुरू भएकाे मतदान विहान ६:३० बजे सम्पन्न भएको थियाे । निर्वाचनमा एमाले निकटका व्यवसायी र काङ्ग्रेस माओवादी गठवन्धन बिच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा आआफ्नाे प्यानल भए पनि मतपरिणाममा दुबै तर्फका उम्मेदवारले मिश्रण भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page