म्याग्देका आले गम्भीर बिरामी भइ १८ दिनदेखि अस्पतालकाे भेन्टिलेटरमा , सहयोगकाे अपिल
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ ( साविक छाङ ६ ) छिम्लिस्वाँरा निबासी दिपक आले गम्भीर बिरामी परेका छन् । विदेश जाने आउने गरेर जिबिकाेपार्जन गर्दै आएका ३८ वर्षीय आले अचानक टाउको दुख्यो भनि निकै ज्वरो आएको केही समय पछि बेहोस भएका थिए ।

बेहाेश अवस्थामा अस्पताल पुर्याइएकाे उनलाई टाउको र छातिमा जटिल समस्या भएको डाक्टरले बताएका थिए । बिरामी आलेलाइ हाल गण्डकी मेडिकल कलेज (jmc)पोखरा आईसियू (भेन्टिलेटर कक्षमा) उपचारका लागि भर्ना गरिएको छ । उनको नाग,मुख बाट मात्रै सम्भव नभई घाटिबाट प्वाल पारि घाटिको प्वाल बाट नै भेन्टिलेसन मार्फत १९ दिन देखि उपचार गराई रहेको बिरामीका भाइ धनबिक्रम आलेले बताए । दाइको स्वास्थ्य अवस्था अत्यन्तै दयनीय भएको र आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको भन्दै उनलेे सबैले सहयोग गरि दाईकाे जीवन रक्षाकाे लागि अनुरोध गरे । बिरामी आलेकाे श्रीमती , एक छाेरा र एक छाेरी रहेका छन् ।

यता बिरामीलाई भेटेर आएका म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बिरामीको टाउकोमा पानी जमेको जस्तो जटिल समस्या भएको जानकारी पाएकाे र दैनिक उपचार खर्च महंगो भएको र त्यसको लागि घरको अवस्था सामान्य भएकोले उपचारमा समस्या भएको बताएका छन् । आफु जाँदा बिरामीकाे आखा अलिअलि चलेको देखेको तर अवस्था गम्भीर रहेकोले सबैले हाेस्टेमा हैसे गर्न सके बिरामीलाई बचाउन सकिने आशा रहेको उनले बताए ।
सहयोगको लागि बिरामिको श्रीमती को बैंक बिबरण
बैंक =machhapuchchhre bank limited
नाम=til kumari ale
A/c=0020030292200011
phon=009779806640693
भाईको=9806517084
























