लायन्स क्लव तनहुँ म्याग्दे द्वारा राधा मा वि लाई डस्टविन सहयोग:

लायन्स क्लव अफ तनहुँ म्याग्दे द्वारा राधा मा वि लाई डस्टविन सहयोग गरेको छ । क्लबले म्याग्दे २ जामुनेमा रहेको राधा माविलाई ३० थान डस्टविन सहयोग गरेको हाे । सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत बिद्यालयलाई डस्टविन सहयोग गरेको क्लवका अध्यक्ष गाैरब राज रानाले बताए । डस्टविन सहयोगले बिद्यालय स्वच्छ र सफा हुन सकाेस् भन्ने उद्धेश्यले सहयोग गरेको अध्यक्ष रानाले बताए ।

क्लका अध्यक्ष गाैरवराज रानाकाे अध्यक्षतामा भएको उक्त सहयोग कार्यक्रममा म्याग्दे २ का अध्यक्ष शिवबहादुर रानाभाट प्रमुख आतिथि रहेका थिए । सहयोग कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठ , शिक्षक अभिभावक संघका अध्यक्ष सन्दीप रानाभाट , लायन्स क्लव म्याग्देका निवर्तमान अध्यक्ष सुन्दर मणि अधिकारी तथा न्यु भिजन युवा क्लवका अध्यक्ष राजीव श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । क्लवले यस अगाडि पनि म्याग्देका विभिन्न ठाउँमा सहयोग गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page