फ्रेण्डसीप युवा क्लव गुणादीकाे अध्यक्षमा तिलक:

फ्रेण्डसीप युवा क्लव म्याग्दे १ गुणादीकाे अध्यक्षमा तिलक थापा सर्वसम्मत चयन भएका छन् । क्लबकाे सनिवार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा केशु राना सचिवमा मिलन थापा ,कोषाध्यक्षमा गुनु आले चयन भएका छन् ।

यस्तै क्लबकाे सदस्य हरुमा रेनु थापा , नारायण थापा मगर र दिल पाेग्वा चयन भएका छन् । साेहि अवसरमा क्लबले साफ च्याम्पियनसिप २०२३ मा पर्न सफल म्याग्दे गा.पा-२ निवासी बिसाल नेपालीलाई सम्मान गरेको फ्रेण्डसीप युवा क्लवका निवर्तमान अध्यक्ष दुर्गाराज मगरले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page