काङ्ग्रेस केन्द्रीय निति , अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानकाे सदस्यमा तनहुँका पाेख्रेल
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा तनहुँका डाक्टर जगदीशचन्द्र पाेख्रेललाइ नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम खड्काले पाेख्रेल सहित देशभरि बाट १८ जनालाई नियुक्त गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले बताए ।
नियुक्त हुनेहरूमा –

१. श्री कविराज पण्डित, बाजुरा
२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ
३. श्री छन्दबहादुर पहराई, गुल्मी
४. श्री विजुला वर्मा, सिन्धुली
५. डा. केदारनरसिंह के.सी., नुवाकोट
६. श्री रिना उप्रेती (के.सी.), सोलुखुम्बु
७. श्री वीरेन्द्र यादव, धनुषा
८. डा. कृष्णप्रसाद पौडेल, कास्की
९. श्री भरत प्रसाई, झापा
१०. श्री कमल कार्की, भक्तपुर
११. श्री बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
१२. श्री डोलराज भुसाल, स्याङ्जा
१३. श्री प्रताप पौडेल, बाग्लुङ
१४. श्री हजारी नेपाली (वादी), जाजरकोट
१५. श्री विश्वदिप लामिछाने, काठमाडौं
१६. श्री नाहिदा परविन, रौतहट
१७. श्री भवानी पन्त, कञ्चनपुर
१८. श्री अनार बस्नेत, काठमाडौं
























