मानुङ घुम्न आएका पाेखराका युवा माथि खुकुरी हान्ने ५ जना पक्राउ

मानुङ घुम्न आएका पाेखराका युवा माथि खुकुरी हान्ने ५ जना पक्राउ

पर्यटकीय गन्तब्यकाे रूपमा परिचित तनहुँकाे व्यास नगरपालिका वडा नं ५ मानुङ घुम्न आएका पाेखराका युवामाथी सांघातिक आक्रमण गर्ने मध्येका ५ जना पक्राउ परेका छन् । पाेखराका विभिन्न ठाउँबाट मानुङ घुम्न आएका १३ जना युवामाथी तनहुँकाे व्यास नगरपालिका स्थित बेलवास लगायतका ठाउँका युवाहरूको समुहले खुकुरी , लाठी , हेलमेटले आक्रमण गरेकाे घटनामा संलग्न ५ जना लाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

७ वटा माेटरसाइकलमा १३ जना साथीहरू मिलेर सुक्रबार बिहान मानुङ आएका ती युवाहरू माथि मादक पदार्थ सेवन गरेर बसेकाे एउटा समूहले बिहान पाैने छ बजेको समयमा खुकुरी निकालेर आक्रमण गरेका र केहीले लाठी , हेलमेटले हानेर भागेका थिए । पाेखराका घाइते विपिन गुरूङकाे समुहलाइ खुकुरी सहितको धारिलो हतियारले घेराबन्दीमा पारेर आक्रमण गरी रगताम्मे पारेर भागेका बेलवास घर भएका दिनेश रामदाम सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । दिनेश उहि दिनमा र त्यसयता एकजना बिचमा तथा ३ जना आज बिहान मात्रै पक्राउ परेका तथा अन्यको खाेजी भइरहेको बताइएको छ ।

उक्त घटनामा दुई जना गम्भीर तथा अन्य सामान्य घाइते भएका थिए । गम्भीर मध्ये दुईजनालाई टाउको लगायतका शरिरका विभिन्न भागमा चाेट लागेको थियो ।
यस्तै पिडित युवाहरूको नगद पैसा , घडी , माेवाइल , बेरूवा औठी , एटीएम कार्ड लगायतका सामान समेत लुटपाट भएको ती युवाहरूले बताएका थिए ।

पिडित युवाहरूले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दायर गरेका थिए । उनिहरूले बेलवासका युवा दिनेश रामदाम लगायतको युवाहरूको समुहले आक्रमण गरेको भन्दै किटानी जाहेरी दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page