सहिद बुद्ध सिंह राना प्रतिस्ठानको अध्यक्षमा खिलबहादुर:
सहिद बुद्ध सिंह राना स्मृति प्रतिस्ठानको अध्यक्षमा खिलबहादुर थापा सर्वसम्मत चयन भएका छन् । प्रतिस्ठानकाे सनिवार सम्पन्न आमभेलाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिकाे सचिवमा विजय खड्का र काेशाध्यक्षमा सुनिता दुरा चयन भएका छन् ।

प्रतिस्ठानका अध्यक्ष सानु रानाको अध्यक्षतामा बसेको आम भेलाबाट अन्य सदस्यहरूमा कुशल लामा , बलराम रायमाझी , दिल बहादुर श्रेष्ठ , सम्झना कार्की , रेशम खत्री र सुलोचना खड्का चयन भएका छन् ।




































