क्षेत्री समाज व्यास नगरको अध्यक्षमा अधिकारी:


क्षेत्री समाज नेपाल व्यास नगर समितिको अध्यक्षमा शंकर अधिकारी सर्वसम्मत चयन भएका छन् । व्यास नगर समितिकाे आइतबार दमाैलीमा सम्पन्न चाैँथाे अधिवेशनले अधिकारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा सुरेन्द्र अधिकारी र इन्द्रा कार्की , सचिवमा राजेन्द्र थापा , सहसचिवमा भक्त बहादुर अधिकारी र काेशाध्यक्षमा विनोद अधिकारी चयन भएका छन् ।


यस्तै समितिकाे सदस्यहरूमा पार्वती भण्डारी खड्का , अनिता थापा , शाेभा कार्की , कृष्णा बरूवाल , पुनम क्षेत्री , दानबहादुर भण्डारी , जुना केसी , हेमन्त थापा , आनन्द थापा , चिनबहादुर भण्डारी , कर्णबहादुर थापा , देव कार्की र खिन थापा अधिकारी रहेका छन् । अधिकारी क्षेत्रीय हाेटल संघ दमाैली बजार इकाईका सभापति समेत हुन् । उक्त कार्यक्रम प्रेमबहादुर रावतकाे अध्यक्षतामा भएको थियो ।




































