नेपाल औषधी व्यवसायी संघ तनहूंको अध्यक्षमा पाण्डे:
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा तनहूंको १५ औ साधारण सभा तथा ५ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

साेमबार दमाैलीमा सम्पन्न अधिवेशनले दयाराज पाण्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे बरिष्ठ उपाध्यक्षमा सुन्दर वस्याल , उपाध्यक्ष थोकमा बिनोद अधिकारी उपाध्यक्ष खुद्रामा सुर्य बहादुर थापा , महासचिवमा बिनय श्रेष्ठ ,सचिवमा ऋषिकान्त गिरी , कोषाध्यक्षमा देवीभक्त राना र उप कोषाध्यक्षमा धर्मदत्त पौडेल चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा पदम राज श्रेष्ठ , उत्तम वैध र मनु थापा चयन भएका छन् । त्यसअघि भएको अधिबेसनकाे ब्यास नपा प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । संघका अध्यक्ष राजु दाहालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम , प्रहरि प्रमुख अपिल राज बोहरा , संघका गन्डकि प्रदेश अध्यक्ष कृश्ण प्रसाद पाण्डे , तनहु उधोग बाणिज्य सघका अध्यक्ष बैकुण्ठ मिश्र लगायतको उपस्थिति रहेको थियो ।




































