कुकुरले अल्झाएर माेटरसाइकल दुर्घटना हुँदा दमाैलीका पराजुली घाइते
तिहारकाे टिकाकाे दिनमा माेटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । व्यास १ गल्वुबेशीबाट भादगाउँ तर्फ जाँदै गर्दा कुकुरले अल्झाएर दमाैली टाेलमा माेटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय नवीन पराजुली घाइते भएको बताइएको छ । ग ९ प ७६२७ नम्बरको माेटरसाइकलमा सवार पराजुलीले कुकुरलाइ छल्ने क्रममा उक्त दुर्घटना हुन पुगेको हाे ।

दुर्घटनामा घाइते भएका पराजुलीलाई दमाैली अस्पतालमा प्रारम्भिक उपचार पश्चात् फेवा सिटी पाेखरामा रिफर गरिएको छ । घाइते पराजुलीको दायाँ हातको नाडीमा चाेट लागि फ्याक्चर भएको र अवस्था मध्यम रहेको बताइएको छ ।

























