फ्रेन्डसीप क्लव गुणादीले आज सांस्कृतिक नाटक तथा देउसी भैलाे कार्यक्रम गर्ने

फ्रेन्डसीप क्लव गुणादीले आज सांस्कृतिक नाटक तथा देउसी भैलाे कार्यक्रम गर्ने

” संस्कृति जोगाउ बिकृती हटाउ ” भन्ने मुल नाराका साथ शुभ दिपावली २०८१ को अवसरमा फ्रेण्डसीप युवा क्लव गुणादीले आज सांस्कृतिक नाटक तथा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
अहिलेको आधुनिक बिकृतीलाई हटाइ पुरानै संस्कृति, पुरानै परम्परा लाई संरक्षण गर्ने उद्देश्यले यसपालिको देउसी भैलो तथा तिहारलाई विषेश बनाउन क्लव ले उक्त कार्यक्रम गर्न लागेको फ्रेन्डसीप युवा क्लवका निवर्तमान अध्यक्ष दुर्गाराज रानाले बताए । कार्यक्रममा सांस्कृतिक नृत्यहरु देखि लिएर विभिन्न मनोरञ्जनात्मक तथा सामाजिक जनचेतना मुलक कार्यक्रमहरु प्रस्तुत गरीने रानाले जानकारी दिए ।


यस कार्यक्रमबाट संकलन भएको केही रकम समाजमा आइ पर्ने आपतकालीन परिस्थितिको कोषमा संकलन गर्ने र बाँकि रकम क्लवमा चाहिने आवस्यक सामाग्रीहरु खरिद गर्ने निर्णय भएको समेत उनलेे बताए ।
सांस्कृतिक नाटक तथा देउसी भैलो कार्यक्रम म्याग्दे-१,गुणादी खेल मैदानमा दिउँसो-१ बजे देखी हुने र उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ आउने भन्दै क्लवले सबै जनालाई कार्यक्रममा आउन आव्ह्वान गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page