सीप सिकाउन म्याग्देमा अभिमुखिकरण :
तनहुँ ,१४ फागुन

म्याग्दे गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास (MEDPA) कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम संचालन गरेकाे छ । वडा नँ १,२ र ७ नम्बर वडाका महिलालाई सीप सिकाउनका लागि अभिमुखिकरण कार्यक्रम आयाेजना गरिएकाे हाे ।

म्याग्दे गापा वडा न २ का वडाअध्यक्ष शिववहादुर रानाभाटकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दे गापा अध्यक्ष श्रिप्रसाद श्रेष्ठ,उपाध्यक्ष वालकृष्ण घिमिरे, वडाअध्यक्षहरू मणिभद वाग्ले, वसन्त श्रेष्ठ , अधिकृत प्रदिप न्याैपाने लगायतकाले सीप सिकेर प्रयाेग गर्दा आम्दानि हुने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा ३३ जना महिलाकाे सहभागीता रहेकाे थियाे ।



































