छाब्दीमा धान तथा परालको कुनियाेमा अपरिचित व्यक्तिले लगाए आगाे
तनहुँको व्यास नगरपालिका वडा नं १२ छाब्दीमा थ्रेसर लगाएर बाटो नजिक राखिएको धान तथा परालमा अपरिचित व्यक्तिले आगाे लगाइदिएका छन् ।

गौडा पहरो देखि पामार्दी पुलसम्मका २-३ वटा कुनियोमा अपरिचित व्यक्तिले आगो सल्काइदिएका स्थानीयले बताएका छन् । अहिले उक्त आगो स्थानीयले निभाएका छन ।

स्थानीय रविन्द्र तिवारीकाे आज दिउसो मात्रै थ्रेसर लगाएर राखेको पराल पुर्ण रुपमा जलेको उनले बताए ।
करिब १५ वर्ष अघि यस्तै घटना यहि आसपासमा भएको थियो । अपराधी कार्य गर्ने लाई छानबिन गरि कानुनी दायरामा ल्याउन स्थानीयले माग गरेका छन ।


























