व्राह्मण समाज तनहुँद्धारा शुक्लागण्डकीमा प्रशिक्षण:
दमौली, फागुन १४

बाह्मण समाज शुक्लागण्डकी नगर समितिको आयोजनामा बाह्मण समाजको बारे परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम आईतबार गरिएको छ ।


समाजका तनहुँ शाखाका अध्यक्ष कृष्णचन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा दुलेगौंडा बजारमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पाण्डेले जातीय सद्भाव कायम गर्दै पाश्चात्य मुलुकको कूदृष्टिलाई सर्तकता पूर्वक लिएर आफ्नो धर्म र सस्कृतिलाई समयानुकुल प्रशिक्षण तथा संरक्षण गर्न आवश्यक रहेको बताउनु पर्ने बताए । साथै उनले प्रत्येकले आ–आफ्नो आचरणलाई ख्याल गर्दै समाजलाई समुन्नत बनाउन योगदान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा भानुभक्त क्याम्पसका पूर्व प्रमुख मोतीप्रसाद पौडेल, समाजका जिल्ला सचिव कृष्णहरी गैरे, जनप्रतिनिधीहरुको तर्फबाट शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजु वाग्ले लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ज्योतिप्रकाश तिमिल्सिनाले दिएका थिए । कार्यक्रममा धन्यवाद शोभा तिमिल्सिनाले दिएकी थिइन् । कार्यक्रममा बाह्मण समाज शुक्लागण्डकी अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिज्ञासाको समाधान गर्दै सनातन धर्मको संरक्षण एवम् जातीय सद्भाव र सस्कार र सस्कृतिको संरक्षण तथा प्रचार प्रसारको बारेमा प्रशिक्षण दिईएको थियो । शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुहरु अभिमूखीकरणमा सहभागी रहेका थिए ।



































