तनहुँ उद्योग बाणिज्य संघ द्वारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत

तनहुँ उद्योग बाणिज्य संघ द्वारा प्रमुख जिल्ला अधिकारी थापालाई स्वागत


तनहुँ उद्योग बाणिज्य संघले केही दिन अगाडि सरूवा भइ तनहुँ आएका जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख श्याम कृष्ण थापा लाई स्वागत गरेको छ ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ नाथ मिश्रकाे अध्यक्षतामा भएको स्वागत कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व केन्द्रीय सदस्यहरू देवकुमार श्रेष्ठ , बिर्खराज श्रेष्ठ लगायत पुर्व अध्यक्षहरू र जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूकाे सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निजी क्षेत्र सँग सहकार्य गरेर जिल्लामा काम गर्ने बताए । उक्त अवसरमा शुक्लागण्डकी नगर उद्योगका नव निर्बाचित अध्यक्ष एवम् पधादिकारी तथा सदस्य हरुलाइ समेत बधाई तथा शुभकामना प्रदान गरिएको तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजारका सभापति सुकनारायण मल्लले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page