तनहुँका प्रहरी चाैकी इन्चार्जहरूमा सरूवा आतङ्कले जुनियर प्रहरी अधिकृतहरू त्रसित

तनहुँका प्रहरी चाैकी इन्चार्जहरूमा सरूवा आतङ्कले जुनियर प्रहरी अधिकृतहरू त्रसित


जिल्ला प्रहरी कार्यालय तनहुँ मातहतका चाैकी इन्चार्जहरूमा भएको सरूवा आतङ्कले जुनियर प्रहरी अधिकृतहरू त्रसित भएका छन् । जिल्ला भित्रका विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चाैकी र अस्थायी प्रहरी पाेष्टहरूका इन्चार्जमा मनलाग्दि सरूवाका कारण प्रहरी अधिकृतहरू त्रसित भएका हुन् ।
बिना मापदण्ड चाैकी प्रमुख रहेकालाई अर्को कार्यालयकाे सहायकमा सरूवा गरिदिने र सहायक रहेकालाई प्रमुखमा सरूवा गरिदिने समस्याका कारण प्रहरी अधिकृतहरू ढुक्कसँग आफ्नाे कार्यक्षेत्रमा काम गर्न पाएका छैनन् । छाेटाे समय मात्रै चाैकी इन्चार्ज भइ सरूवाकाे पेलानमा परेका एक अधिकृतले नाम नबताउने सर्तमा तनहुँ प्रेसलाई बताए अनुसार आफुहरूकाे मनाेबल गिराउने काम भइरहेको बताए । पल्टनमा जागिर खाएपछि हाकिमले भनेको आदेश मान्न पर्छ , प्रहरी फाेर्स नैँ माथिकाे आदेश अनुसार चलेको हुन्छ ।
तर यहाँ आफु अनुकुलता सेटिङ भएको आभास भएको छ । हाकिमकाे बिरूद्ध बाेल्याेभने अनुशासनको कुरा उठ्छ । त्यही भएर खटाइएको ठाउँमा रमाना लिएर जानुकाे बिकल्प छैन ।

तनहुँ प्रहरी भित्र अहिले करिब सबै जसाे ठाउँमा प्रहरी इन्चार्ज तथा सहायक हरू सरूवा गरिएको छ ।
हालै मात्रै अन्यायपूर्ण र विभेद गरेर प्रहरी हेरफेर हुनेहरूमा बरिस्ठ सइ देखिका छन् । उनिहरूलाइ दरबन्दी एकातिर र सरूवा अर्कोतिर पारिएको त छ नैं , साथै समय नपुग्दै मनलाग्दि समेत गरिएको छ । हालै मात्रै प्र व ना नी माओत्सेतुङ गूरूङकाे जिप्रका तनहुँ सञ्चारमा दरबन्दी भए पनि उनी दरबन्दीमा बस्न पाएका छैनन् । उनलाई सराङघाट चाैकी पठाइएको छ । यस्तै प्रनानि जिवलाल सुवेदीको इप्रका आँबुखैरेनी सञ्चार दरबन्दी भए पनि इप्रका बन्दीपुर बाट भिमाद पठाइएको छ । यस्तै प्रनानि पदमबहादुर कुमालकाे बाग्लुङ दरबन्दी भए पनि इप्रका सराङघाट रहेकोमा त्यहाँबाट तानेर जिल्लामा खटाइएको छ । प्रनानि उदय राज पाैडेल भिमाद इन्चार्ज बाट आवुखैरेनिमा सहायक , प्रनानि उदयश्वर अधिकारी पाेखरा दरबन्दी भएपनि जिप्रका तनहुँमम रहेकोमा बन्दिपुर खटाइएको छ ।
यस्तै प्रहरी सहायक निरिक्षक नारायण भण्डारीलाई काेत्रे इन्चार्ज बाट तानेर थर्पुकाे सहायक बनाइएको छ भने दिपेश क्षेत्री थापा प्रहरी चाैकि थर्पुकाे सहायक बाट काेत्रेमा इन्चार्ज बनाइएको छ । यस्तै लालबाबु प्रसाद यादवलाई ऋषिङ इन्चार्जबाट देवघाटकाे सहायकमा सरूवा गरिएको छ भने बिसुन चाैधरीलाइ जिल्लाबाट ऋषिङकाे प्रमुखमा पठाइएको छ ।
मानबहादुर महताेलाइ जिल्ला बाट घिरिङ चाैकीमा प्रमुख बनाउँदा त्यहाँ रहेका उमेश कुमार यादवलाई छाब्दी पठाइएकाे छ । मनिष थापालाई छाब्दिवाट जिल्लामा तानिएको छ भने एक प्रसनिलाइ कलेस्ति इन्चार्जमा पठाइएको छ । यस्तै प्रहरी हवल्दार नरबहादुर थापा , प्रहरी सहायक हवल्दार विष्णु रानामगर , विष्णु चाैधरी लगायतका केही जवानहरू समेत यसमा परेका छन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सुचना अधिकारी अशोक थापा सँग सम्पर्क गर्दा सबै हेरफेर मापदण्डअनुसार नै गरेको बताए । ६ महिना पूरा भएकाकाे नियमित प्रक्रिया अनुसार हेरफेर भएको हाे भन्दै उनलेे अनुशासनमा नवसेका , केही बिवादमा देखिएका र गुनासो आएकाकाे मात्रै हेरफेर भएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page