१० बज्ने बेलामा अकस्मात् बिदा दिएर दुख दिइएको भन्दै सर्वसाधारण आक्राेसीत

देवघाट गाउँपालिकाका रमेश क्षेत्री राष्ट्रिय परिचयपत्र र राहदानीकाे काम लिएर सोमबार बिहान दमाैली आए । आवस्यक कागजात ठिक्क पारेर हाेटलमा खाना खाइ जिल्ला प्रशासन कार्यालय गेटमा १० . १० मा पुगे । छिटोछिटो काम सकेर जान्छु भन्ने साेचेर प्रशासनकाे गेटमा पुगेका उनी अफिस बिदाकाे खबरले झसङ्ग भए । केकाे बिदा भन्ने सबै त्यहीँ बुझे ,तर उनी आक्राेसित भए । बिदा थाहा नपाएर आएका कर्मचारीले हामीसँग किन रिसाउनुहुन्छ हामी पनि थाहा नपाएर आएका हाैँ भन्दै सम्झाए । सेवाग्राही रमेशकाे आक्राेस राेकिएन , जनतालाई बेलामा थाहा नदिएर दुख दिने , समय बर्वाद , दुख , खर्च सबै कसले दिन्छ भन्दै फर्किए । प्रशासनमा उनी जस्ता अन्य थुप्रै सेवाग्राहीकाे लर्काे थियो ।

एकजना शुक्लागण्डकी स्थित थप्रेकबाट आएका दिलसरा गुरूङले भन्दै थिइन् , हिजो राष्ट्रिय परिचयपत्र बनाउन आएकाे सिस्टमले काम गरेन भनेर दिनभरि बसेर फर्किएँ , फेरि आजपनी बिदा रे , जनतालाई दुख दिनपनी कति जानेका हुन् ?
जिल्ला प्रशासनमा मात्रै हाेइन ,मालपोत कार्यालय जस्ता सेवाग्राही आउने कार्यालयमा पनि सेवाग्राहीहरू आउने फर्किने गरिरहेका छन् ।
त्यसाेत पाेखराबाट दमाैली आउने कर्मचारी बस समेत आइपुगेकाे थियो । एक कर्मचारी भन्दै थिए बस गुणादी आइपुगेपछी थाहा पाइयो । समयमै निर्णय नभएकोले दुख पाइयो ।

मन्त्रीपरिषदकाे अकस्मातकाे निर्णयले शिक्षक बिद्यार्थी लगायत लाखौं मानिसले दुख पाएका छन् । साेमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पुर्व सभामुख दमननाथ ढुंगानाकाे निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख ढुंगानाको अन्त्येष्टि गर्ने समेत निर्णय गरेको थियो ।
























