नक्कली आइडी बनाइ सिंगापुर लान्छु भनी २८ लाख ठग्ने तनहुँका गुरूङ काठमाडौंमा पक्राउ

नक्कली आइडी बनाइ सिंगापुर लान्छु भनी २८ लाख ठग्ने तनहुँका गुरूङ काठमाडौंमा पक्राउ
Oplus_0

नक्कली फेसबुक आईडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले तनहुँका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका-५ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका-७ बस्ने रूद्र बहादुर गुरूङ रहेको बताइएको छ ।

गुरुङले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी त्यसमार्फत् केटी साथीहरू बनाई आफू फ्रान्स, सिंगापुरको लाहुरे भएको, तिमीलाई मन पराउँछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी विभिन्न व्यक्तिहरूलाई करिब २७ लाख ८३ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page