नेकपाले तनहुँमा बाँझो रहेको जग्गालाई खेत बनाइ लगाएको धान सय मुरी फल्याे

नेपाल कम्युनिस्ट पार्टीले बाझाे रहेको जग्गामा धान खेती गरेको छ । तनहुँकाे बन्दीपुरमा लामो समयदेखि बाँझो रहेको करिब २५ राेपनी खेतमा लगाइएको सय मुरी धान भित्र्याइएकाे नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य ओम बिक्रम पन्तले बताए ।

पार्टीको कृषि कार्यक्रम अन्तर्गत श्रम संघर्ष र अनुसन्धान भन्ने मुल उद्धेश्यका साथ “बिप्लव स्कुल अफ थट” प्रशिक्षण अनुसार तनहुँमा पनि कृषि कार्यक्रम अगाडि बढाइएको पन्तले जानकारी दिए ।

धान भित्र्याउन पार्टीका तनहुँ इन्चार्ज निशान लगायतका नेता तथा कार्यकर्ताहरू खेतमा गई आफैले श्रम गरेका थिए । कृषिकाे काममा सकृय भइ आत्मनिर्भर बन्ने तथा श्रममा जनता सँग जाेडिने पार्टीले जनाएको छ ।
























