म्याग्देमा ४२ औँ मगर दिवस भव्यताका साथ मनाइयाे:

तनहुँकाे म्याग्देमा ४२ औँ मगर दिवस भव्यताका साथमनाइएको छ । नेपाल मगर संघ म्याग्देको आयोजनामा विशेष झाँकी सहित औपचारिक कार्यक्रम गरेर दिवस मनाइएको हो । म्याग्देका विभिन्न ठाउँबाट मगर संस्कृति झल्कने झाँकी, गीत र नाच सहित बजार परिक्रमा गरेर एक कार्यक्रमका साथ दिवस मनाइएको हाे ।
कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला विकास समिति तनहुँका पूर्व उपसभापति बलबहादुर आलेले उद्घाटन गरेका थिए ।
नेपाल मगर संघ म्याग्दे गाउँ कार्यसमितिका अध्यक्ष नरसिं रानाकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ,म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे ,नेपाल मगर संघ गण्डकी प्रदेश प्रथम उपाध्यक्ष मनिराज थापा मगर लगायतका बक्ताहरूले बाेलेका थिए । यस्तै कार्यक्रममा म्याग्दे गा.पा.वडा नं.१ अध्यक्ष मणिभद्र वाग्ले , वडा नं.२ का अध्यक्ष शिवबहादुर क्षेत्री.वडा नं.३का अध्यक्ष टुकराज अधिकारी ,वडा नं.४ का अध्यक्ष दिपककुमार श्रेष्ठ , वडा नं.५ का अध्यक्ष शिवबहादुर आले .वडा नं.६ का अध्यक्ष हिरालाल गुरुङ , मगर वुद्धिजीवि जितराज राना मगर ,नेपाल मगर संघ संस्थापक अध्यक्ष म्याग्दे गाउँपालिका वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष तथा नेपाल मगर संघ म्याग्दे गाउँकार्यसमितिका सल्लाहकार श्रीबहादुर थापा मगर , म्याग्दे गाउँपालिका वडा नं. ४ का निवर्तमान अध्यक्ष तथा नेपाल मगर संघ म्याग्दे गाउँकार्यसमितिका सल्लाहकार प्रेमबहादुर थापा मगर , नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य तथा म्याग्दे गाउँकार्य समितिका निवर्तमान अध्यक्ष नरमाया आले मगर ,उपाध्यक्ष रनबहादुर थापा मगर , सचिव देवेन्द्र थापा मगर लगायतले बाेलेका थिए ।
सहभागीहरूले मगर समुदायको अधिकारका निम्ति एकढिक्का हुनुपर्ने बताएका थिए ।

२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा भएको पहिलो लाङघाली परिवार संघको महाधिवेशनलाई मगर संघ स्थापना भएको दिनका रूपमा लिइन्छ ।

सोही दिनको सम्झनामा हरेक वर्ष फागुन १५ लाई ‘मगर एकता दिवस’का रूपमा मनाउन थालिएको हो । मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा नै दिएका थिए । हरेक जसो पालिकामा विभिन्न सार्वजनिक कार्यक्रम गरिए अनुसार म्याग्देमा पनि गरिएको हाे ।साे अवसरमा सामुदायिक विद्यालयतर्फ तिलबहादुर रानाकाे छाेरा सोभियतबहादुर राना, २.८ जि.पि.ए. म्याग्दे–४,तनहुँ (मीन मा.वि.)तथा उज्जरबहादुर आले मगर काे छाेरि शर्मिला आले , ३.२ जि.पि.ए., म्याग्दे–२, (राधा मा.वि.)लाई सम्मान गरिएको थियो ।
यस्तै संस्थागत विद्यालयतर्फ जितबहादुर थापाकाे छाेरा निरजन थापा , ३.५ जि.पि.ए. म्याग्दे–३,तनहुँ ( आदर्श इङ्गलिस स्कूल)
तथा पदमबहादुर थापाका छाेरा सागर थापा , ३.५ जि.पि.ए , म्याग्दे–४ र रनबहादुर रानाकाे छाेरि अनिषा राना, ३.७ जि.पि.ए. म्याग्दे–४,थर्पु ( आदर्श इङ्गलिस स्कूल) लाई सम्मान गरिएको थियो ।



































