लागु औषध सहित १ जना पक्राउ:
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आँउदै गरेको यात्रु बाहक बसमा सवार रुपन्देही समरीमाई गाउँपालिका घर बताउने वर्ष ३६ को सलिम धुनियालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका सलिमकाे साथबाट लुकाई छिपाई ल्याएको अवस्थामा Phenergan लेखेको 2ml को एम्पुल २९८ थान, Buprenorphine लेखेको 2ml को एम्पुल २९८ थान र Diazepam लेखेको 2ml को एम्पुल २९८ थान गरी जम्मा ८९४ एम्पुल नियन्त्रित लागु औषध फेला परेको छ । उनलाई जिल्ला अदालत, तनहुँबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।




































